नेपालले आज सेमिफाइनलमा लेवनानको सामना गर्दै

काठमाडाैं | फागुन १५, २०८०

नेपालले आज सेमिफाइनलमा लेवनानको सामना गर्दै तस्बिर फाइल

काठमाडौं:    नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा आज लेवनानको सामना गर्दैछ ।


साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैसल स्पोर्ट्स सिटीमा हुने खेल नेपाली समयअनुसार रातको १०ः४५ बजे सुरु हुनेछ । नेपाल समूह चरणमा शत प्रतिशत जितको नतिजा निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । लेवनानले भने समूह चरणमा २ जित र १ हारको नतिजा निकालेको थियो ।


नेपालले पहिलो खेलमा सिरियालाई ४–१ ले पराजित गर्यो । दोस्रो खेलमा सावित्रा भण्डारी ‘साम्बा’ को ५ गोलमा नेपालले इराकलाई ५–० ले हरायो । अन्तिम खेलमा प्यालेस्टाइनमाथि ४–० को जितसँगै नेपाल समूह विजेता बनेको हो ।


यता लेवनानले पहिलो खेलमा गुआममाथि ४–३ को प्रतिस्पर्धात्मक जित निकालेको थियो । त्यसपछि साउदीलाई २–३ ले हराएको लेवनान अन्तिम खेलमा भने जोर्डनसँग २–० ले पराजित भयो ।


आज हुने पहिलो सेमिफाइनलमा प्यालेस्टाइन र जोर्डन खेल्नेछन् । प्रतियोगताको फाइनल विहीबार हुनेछ ।


साम्बा ३ खेलमा ८ गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ता सूचीमा अघि छिन् । दोस्रो स्थानमा ३ गोलसहित ३ खेलाडी छन् ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्